राजनीति


एमालेको जनप्रदर्शनमा लाखौं आए, दलहरू सकिए भन्ने भाष्य खण्डित भयो : पोखरेल

एमालेको जनप्रदर्शनमा लाखौं आए, दलहरू सकिए भन्ने भाष्य खण्डित भयो : पोखरेल

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १४:१३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताएका छन्। 

 नेपाल  खेलकुद महासंघको  केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई सम्बोधन गर्न सकिने जिकिर गरे।

‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्‍याउनु पर्छ भन्ने छैन, अर्ली इलेक्सनमा जान सकिन्छ,’ महासचिव पोखरेलले भन्नुभयो ‘यी सबै काम गर्नका लागि पहिलो शर्त प्रतिनिधि सभाको पुनस्र्थापना हो।’

उनले केही मानिसहरुले दलहरु सिद्धिए भनिरहेको भन्दै एमालेले गरेको प्रदर्शनले यसलाई खण्डित गरेको दाबी गरे। ‘दलहरु सकिए भन्ने भाष्य अब खण्डित भइसक्यो,’ पोखरेलको भनाइ छ, ‘एमालेले २२ गते गरेको वडा भेला र २५ गते गरेको पालिका स्तरीय जनप्रदर्शनमा लाखौं मानिसहरु सडकमा आए। जनता एमालेको साथमा छन् भन्ने यो भन्दा ठूलो प्रमाण के हुन्छ?’

नवयुवाका नाममा भएको आन्दोलनमा ब्यापक घुसपैठ गराएर नेपाललाई राज्यविहिनताको अवस्थामा पुर्‍याउन खोजिएको पोखरेलको आरोप छ। ‘यो प्रहार केपी ओलीलाई मात्र हो भनेर कोही पनि खुशी नहोऊ,’ उनले भने, ‘यो त नेपाललाई राज्यविहीन बनाउने, नेपाल र सारा नेपाली जनतामाथि भएको प्रहारको रुपमा बुझ्नु पर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad