नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज हुन लागेको एकता घोषणा सभामा प्रचण्डसहित तीन नेताले सम्बोधन गर्ने भएका छन्।
नेपाली कम्युनिष्ट पार्टीसँग कमरेड भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ समाहित हुने बृहत् पार्टी समायोजन कार्यक्रममा तीन नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ।
सभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सभामा सम्बोधन गर्नेछन्।
राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा बुधबार दिउँसो दुई बजेदेखि कार्यक्रम सुरु हुने नेकपाका नेता गणेशमान पुनले जानकारी दिए।
रावललाई पार्टीमा नारायणकाजी श्रेष्ठपछिको वरीयता दिने सहमति भएको छ। रावलसँगै आज पूर्व सांसद प्रकाशबहादुर शाह पनि नेकपामा समाहित हुँदै छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका १० वटा वामघटकबीच यही कात्तिक १९ गते भएको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको परिलो वरीयतामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दोस्रो बरियतामा माधवकुमार नेपाल छन्।
त्यसैगरि तेस्रो वरीयतामा झलनाथ खनाल हुँदो चौथो वरीयतामा वामदेव गौतम र पाँचौ वरीयतामा नारायणकाजी श्रेष्ठ रहने टुंगो लागेको छ। छैटौँ वरीयतामा रावल रहने बताइएको छ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भइ बनेको तत्कालीन नेकपाको ९ जना सचिवालय सदस्यमध्य अहिले ५ जना नेपाली कम्युनिस्ट पार्टीमै छन्।
जसमा प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ थिए। त्यतिबेला रावल भने सचिवालय सदस्य थिएनन्।
Shares

प्रतिक्रिया