रेडियो नेपालले भर्खरै गठित जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको भन्दै माफी मागेको छ।
सोमबार बिहान अन्तरसंवाद कार्यक्रममा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यक्त गरेका भाषा र विचारले दुःखी तुल्याएको उल्लेख गर्दै रेडियो नेपालले विज्ञप्ति जारी गरेर क्षमा मागेको हो।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (डा.भट्टराई) ले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ। सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं।’
साेमबार बिहान साढे ६ बजेकाे त्याे अन्तर्वार्ताकाे अडियोसमेत रेडियो नेपालले आफ्नो वेबसाइटबाट हटाएको छ। आखिर के थियो त्यो अन्तर्वार्तामा?
सुनौं यो अडियो, जसकाे अन्त्यतिर बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीकाे आलोचना गरेका छन्।
प्रतिक्रिया