नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ।
कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न लागेको हो। गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको विश्लेषणसँगै पार्टीको भूमिका र आगामी रणनीतिक बाटो तयार पार्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो। गत असोज २८ गते सुरू भएको बैठक अझै सकिएको छैन।
कांग्रेसभित्र पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष महाधिवेशन भन्ने बारेमा बहस चलिरहेको छ। यस्तै सरकारले फागुन २१ मा निर्वाचनको मिति तोकेसँगै निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्ने विषयमा पनि बहस चलिरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
यिनै विषयमा छलफल र निर्णय गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको मुख्यसचिव पौडेलले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्नेछ।
Shares

प्रतिक्रिया