भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको कार बम विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दु:ख प्रकट गरेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६:५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
उक्त घटनाले आफू स्तब्ध भएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन्।
प्रधानमन्त्री कार्कीले भारतका समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै एक्समा लेखेकी छन्, ‘हिजो (सोमबार) साँझ दिल्लीमा भएको दु:खद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु। यो दुःखद घडीमा भारतलाई नेपालको साथ छ।’
546
Shares

प्रतिक्रिया