राजनीति


प्रचण्ड-नेपालले जेष्ठ नागरिक आश्रम खोले: केपी ओली

प्रचण्ड-नेपालले जेष्ठ नागरिक आश्रम खोले: केपी ओली

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १८:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्।  

सोमबार रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतलाई पार्टीमा स्वागत गर्दै घर फर्क अभियान सुरु गरेका ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्।  

'जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,' उनले भने, 'कोही कताबाट समेट्नु भयो भने कोर्ष पूरा हुन्छ उहाँहरूको। उमेरले मात्रै हुँदो रहेनछ। कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन्। ६ नम्बर।' 

उनले छटौँ नम्बर पाएपछि कुदिहाल्ने भनेर भीम रावललाई व्यंग्य गरेका हुन्। रावल नेपाली कम्युनिस्ट पार्टीको छैटौँ नम्बरको वरीयतामा रहने गरी प्रवेश गर्दैछन्। आइतबार रावलले प्रचण्ड, नेपालसहितका नेतासँग छलफल गरेर पार्टी प्रवेशको टुंगो लगाएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad