राजनीति


रास्वपामा समानुपातिक सांसदको उम्मेदवारी आह्वान, आवेदन दिनेले ५० हजार बुझाउनुपर्ने

रास्वपामा समानुपातिक सांसदको उम्मेदवारी आह्वान, आवेदन दिनेले ५० हजार बुझाउनुपर्ने

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १३:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका उम्मेदवार हुन चाहनेका लागि आवेदन खुला गरेको छ। पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवार हुन चाहनेका लागि रजिस्ट्रेसन शुल्क पनि निर्धारण गरिएको बताए। 

'प्रत्यक्षमा हामीले २५ हजार रुपैयाँ लिएका थियौँ। यसपटक समानुपातिकमा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ,' उनले नेपालखबरसँग भने, 'तर, शुल्क बुझाउनै नसक्ने हुँदा पनि आवेदन दिन नपाउने भन्ने हुँदैन। आवेदन दिन इच्छाएको व्यक्तिले विवरण खुलाएर निवेदन दिएपछि पार्टीले अध्ययन गरेर शुल्क नलिइकनै पनि आवेदन बुझ्न सक्छ।' 

रास्वपाले कात्तिक २२ गते चितवनमा सम्पन्न विस्तारित बैठकलगत्तै समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको छ।  

निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पुस १८-१९ गतेका लागि तोकिएको छ। रास्वपाले समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि छुट्टै मापदण्ड बनाउँदै छ। यसको जिम्मा सहमहामन्त्री आचार्यले पाएका छन्।  

रास्वपाले अहिले बुझाइएको रकम पछि सांसदमा छनोट हुन नसक्ने अवस्थामा पनि फिर्ता नहुने जनाएको छ। 

यसअघि रुपन्देहीमा तय भएको प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार छनोटका लागि (प्रत्यक्षतर्फ) २५ हजार शुल्क तय गरिएको थियो। यहाँ निर्वाचन भने हुन सकेन। तर आगामी फागुनका २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको उनको भनाइ छ। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ। पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको हो। 

रास्वपाले उम्मेदवार हुन चाहनले अनलाइनमाध्यमबाट र कार्यालयमै उपस्थित भएर आवेदन दिन सक्ने जनाएको छ। 

आवेदन परेकाहरूबीच पनि छनोटको विभिन्न मापदण्ड तयार पारिएको र सोही आधारमा छनोट हुने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad