राजनीति


नेपा'ल' कम्युनिस्ट पार्टी राम्रो कि नेपा'ली' कम्युनिस्ट पार्टी राम्रो भन्ने गलफती हुने भो: बाबुराम भट्टराई

नेपा'ल' कम्युनिस्ट पार्टी राम्रो कि नेपा'ली' कम्युनिस्ट पार्टी राम्रो भन्ने गलफती हुने भो: बाबुराम भट्टराई

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ७:५३, काठमाडौँ

दश वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यंग्य गरेका छन्। 

आफ्नो युवा उमेरमा मोटो ‘श’वाला मशाल राम्रो कि पातलो ‘स’वाला मसाल राम्रो भन्ने विवाद भएको स्मरण गर्दै भट्टराईले अकारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो कि ‘ई’कारवाला ‘नेपाल कम्युनिस्ट पार्टी’ राम्रो भन्ने गलतफत्ती हुन सक्ने टिप्पणी गरेका हुन्। 

‘हाम्रो युवा उमेर मोटो 'श' (मशाल) कि पातलो 'स' (मसाल) राम्रो भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। गुरूहरू अझै नेतृत्वमै हुनुहुन्छ सोमबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब अर्को पुस्ताको जीवन 'अ' कार (नेपा'ल' कम्युनिस्ट पार्टी) राम्रो कि 'ई' कार (नेपा'ली' कम्युस्ट पार्टी) राम्रो भन्ने गलफत्तीमा जाने भो!

उनले अगाडि लेखेका छन्, ‘लाखौँ बेरोजगार सर्वहारा/श्रमिक विदेशिने र श्रम-निर्यात तथा वस्तु-आयातको परनिर्भरताको दुष्चक्रचाहिँ तोडिनेभन्दा कस्सिने क्रम यथावत् छ। तिनले यो बहसलाई 'बे'कार नभनून्।’

अतः यस्तो निरर्थक शब्दजालमा अल्झनु/अल्झाउनु सट्टा मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी चिन्तन पद्धति र पछिल्लो ज्ञानविज्ञानमा उभिएर अहिलेको चौथो औद्योगिक क्रान्ति (डिजिटल क्रान्ति, जेनेटिक क्रान्ति, नानो-प्रविधि, एआई आदि) ले सिर्जना गरेको विश्वपरिस्थिति, नेपालको भर्खरै पहिलो औद्योगिक क्रान्तिको चरणमा प्रवेशको अवस्था, गत सय वर्षका समाजवाद निर्माणका सफलता र असफलता, भर्खरै देशमा भएको चामत्कारिक जेनजी विद्रोहलगायतको गहन विश्लेषण गर्ने र देशकाल सापेक्ष नयाँ विचार, नीति, कार्यक्रम, संगठन,नेतृत्वको विकल्प तयार गर्नुपर्ने उनको भनाइ छ।

अन्तिममा व्यंग्य गर्दै उनले लेखेका छन्, ‘कणहरूको जो मर्जी।’

यही कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत १० वाम घटकले पार्टी एकता घोषणा गरी नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। जसको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल छन्। 

उक्त पार्टीले दर्ता हुन निर्वाचन आयोगमा निवेदनसमेत दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad