नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टी आगामी निर्वाचनपछि देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन्।
निर्वाचन आयोग परिसरमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले आगामी प्रतिनिधि सभा निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने तयारी गरिएको जानकारी दिए।
उनले भने, ‘हामी यस पटक जेन जीका माग र जनताको चाहना सम्बोधन गर्दै अघि बढ्नेछौँ। नयाँ पुस्ता र युवाहरूको विश्वास जित्दै सबैभन्दा धेरै सिट लिनेगरी तयारी गर्दैछौँ। हामी लार्जेस्ट पार्टी हुन्छौँ।’
जनार्दन शर्मा र घनश्याम भुसालबारे सञ्चारकर्मीले सोधिएको प्रश्नमा नेता पुनले ती नेताहरूलाई ‘घुम्तीका स्टेशनहरूमा चढ्ने प्यासेन्जर’ भनेर तुलना गर्दै उनीहरू अन्ततः कम्युनिष्ट आन्दोलनको मूल धारमा फर्किने विश्वास व्यक्त गरे।
‘रेल छुटेको हो, तर विभिन्न स्टेशनमा रोक्दै नयाँ प्यासेन्जर चढाउँदै जाने हो। अर्को स्टेशनमा उहाँहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ पुनले भने।
Shares

प्रतिक्रिया