राजनीति


नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरु भयो : ओली

नेपालमा बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला सुरु भयो : ओली

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १६:२८, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अधिनायकवादको संकेत देखिन थालेको आरोप लगाएका छन्।

उनले बंगलादेश र म्यानमारमा चुनावको मिति सार्दै अधिनायकवादी शासनलाई दीर्घकालीन बनाइएको जस्तै नेपालमा पनि सोही क्रम दोहोर्‍याउने प्रयास भइरहेको दाबी गरे।

आइतबा काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘जहाँ अधिनायकवाद सुरु हुन्छ, त्यहाँ चुनाव गराउने भनेर घोषणा हुन्छ तर त्यसको मिति पटक-पटक सारिँदै जान्छ। म्यानमारमा ६ वर्ष भयो, चुनावको मिति सरेको छ। बंगलादेशमा पनि डेढ वर्ष भयो, अझै चुनाव हुन सकेको छैन। अहिले नेपालमा पनि त्यही अनुभव दोहोर्याउन खोजिएको छ।’

उनले देशलाई पुनः द्वन्द्व, तनाव, पारस्परिक द्वेष र घृणातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड दिए। ‘यो राष्ट्रका लागि अनिष्टकारी परिस्थिति हो, यसलाई दीर्घकालीन रूपमा रहन दिनु हुँदैन,’ ओलीले चेतावनी दिए।

उनले जेनजीको नाममा देशलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको भन्दै त्यसले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा रहेको पनि दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad