राजनीति


एमालेले कात्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने, महासचिव पोखरेलले दिए यस्तो निर्देशन

एमालेले कात्तिक २५ गते पालिका स्तरमा जनप्रदर्शन गर्ने, महासचिव पोखरेलले दिए यस्तो निर्देशन

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ९:४५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही कात्तिक २५ गते पालिकास्तरमा जनप्रदर्शनका लागि तयारी गर्न पार्टीका नेता- कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनका अनुसार कात्तिक २५ गते एमालेले पालिका स्तरमा हुने प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन गर्ने भएको हो। 

यसका लागि झन्डा, ब्यानर र प्लेकार्ड तयार गर्न, ह्यान्ड माइक वा हल्का खालको साउन्डको व्यवस्था गर्न, जनप्रदर्शनका लागि घनाबस्ती भएको बजार क्षेत्र चयन गर्न, जनप्रदर्शनको अन्त्यमा छोटो र प्रभावकारी कोणसभा गर्न र जनप्रदर्शनका भिडिओ/फोटो सामाजिक सञ्जालमा सेयर गर्न तथा सञ्चारमाध्यममा पठाउन एमाले महासचिव पोखरेलले एमालेजनलाई निर्देशन दिएका हुन्। 

साथै जनप्रदर्शनमा तलका नारा प्रयोग गर्न उनले कार्यकर्तालाई आह्वान गरेका छन्। 

-प्रतिगामी षड्यन्त्र मुर्दावाद

-विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर

-२३ र २४ को अपराधिक घटनाको निष्पक्ष छानबिन गर

-तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर।

-हत्या, हिंसा, आतंक बन्द गर

-नेकपा एमाले जिन्दावाद

-जनताको बहुदलीय जनवाद जिन्दावाद। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad