राजनीति


कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

‘चुपचाप शुद्ध चित्तले कर्म गरिरहनेबाहेक विकल्प हुँदैन’
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार ९:२९, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले कतिपय विषय भन्नै नमिल्ने भएकाले चुपचाप काम गरिरहेको बताएका छन्। 

गृहमन्त्रीले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले शुद्ध चित्तले कर्म गरिरहेको दाबी गरेका हुन्। 

‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दै छौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ’, गृहमन्त्री अर्यालले भनेका छन्, ‘प्रचारमुखी मन्त्रालय नभएकाले चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरू विकल्प हुँदैन।’

यस्तै उनले निर्वाचनमार्फत मुलुकलाई निकाससम्म डोर्‍याउने यो सरकारको अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता पनि जनाएका छन्। 

‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्ने छौँ’, उनले भनेका छन्, ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad