कारोबार


अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ५:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा थियो।

यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दाा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ १८ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ५९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad