राजनीति


कांग्रेस बैठकमा सिटौलाको अभिव्यक्तिप्रति अर्यालको आपत्ति

कांग्रेस बैठकमा सिटौलाको अभिव्यक्तिप्रति अर्यालको आपत्ति

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १८:०, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेप्रति सिटौलाले बोलेको अभिव्यक्तिलाई लिएर अर्यालले आपत्ति जनाएका हुन्।  

‘विशेष अधिवेशनको लागि जुन सिग्नेचर क्याम्पेनिङ पनि भइरहेको छ। त्यो गलत हो, हुनुहुँदैन । त्यो हस्ताक्षर कसरी गरेर ल्याएका छन् बोल्नुभयो,’ अर्यालले भने,‘कृष्ण दाइ तपाईँ बोलेकोमा दु:ख लागेको छ। तपाईं जस्तो मान्छेले यस्तो किसिमले बोल्नु हुँदैन।’

६० प्रतिशत मत दिएर सभापतिलाई जिताउने प्रतिनिधि आफूहरू नै भएको अर्यालले बताए। १४ औं महाधिवेशनबाट जितेर आएका प्रतिनिधिको वैधता कायम रहेको उनले बताए।

‘यो ५४ प्रतिशतले गरेको हस्ताक्षरलाई स्वीकार गर्न भन्न पाइन्छ? यसको समाधान, निकास र उपाय खोज्नुपर्छ,’ उनले भने। नेता कृष्ण सिटौलाकै क्षेत्रबाट समेत बहुमत प्रतिनिधिले विशेषका लागि हस्ताक्षर गरेको अर्यालले दाबी गरे।

‘कृष्ण दाइको क्षेत्रबाट ५४ प्रतिशतले हस्ताक्षर गरेर आइसकेको त्यो आँधी त रोकिएन नि । हाम्रो मोरङमा आउँदा खेरि त्यो ५४ प्रतिशतबाट ६४ प्रतिशत पुग्यो। ज्ञानेन्द्र र विजय गच्छदार दाइको क्षेत्रे ७५ प्रतिशतमा पुग्यो। कोशी प्रदेशमा समग्रमा ७४ प्रतिशत पुग्यो,’ अर्यालले बैठकमा भने। 

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षर पेलेर जान र वेवास्ता नगर्न नेताहरूलाई उनले सुझाव दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad