राजनीति


माधव नेपालले भने- अझै केही वामपन्थी घटकलाई एकतामा ल्याउने प्रयास भइरहेको छ

माधव नेपालले भने- अझै केही वामपन्थी घटकलाई एकतामा ल्याउने प्रयास भइरहेको छ

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:५१, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बाँकी वामपन्थी घटकहरूलाई पनि एकतामा सहभागी हुन आग्रह गरेका छन्।

एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘हामीले आशा गरेका थियौँ अझै केही वामपन्थी घटकलाई एकतामा ल्याउन सकिन्छ कि भनेर। प्रयास अगाडि बढाएका पनि हौँ, र अझै पनि आशावादी छौँ।’

उनले एकताको प्रक्रियालाई अझ बलियो र समावेशी बनाउन सबै वामपन्थी शक्तिहरूलाई हातेमालो गर्न आग्रह गरे। नेपालले भने, ‘अब ढिला नगर्नुहोस्। समयको आवाज र जनताको चाहना बुझ्नुहोस्। जनताले एकीकृत, सशक्त कम्युनिस्ट पार्टी खोजिरहेका छन्।’

उनले सबै वामपन्थी घटकलाई नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएर देशको रुपान्तरण र समाजवादको यात्रामा हातेमालो गर्न आह्वान गरे। 

एकतामा आउन नसक्नेहरुसँग मोर्चाबन्दी गरेर भएपनि अगाडि बढ्ने नेपालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad