राजनीति


विधायन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित

विधायन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १५:४०, काठमाडौँ

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।

समितिको बैठक बुधबार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपुरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।

गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिइन्।

जेन–जी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उनको भनाई छ। 

उनका अनुसार बुधबारको बैठकमा विधेयकलाई कसरी अगाडि बढाउने, आर्थिक वर्ष २०८१र०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, समसामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो।

संघीय एकाईबीचको अन्तरसम्बन्धअनुसार सुदूपश्चिम प्रदेशमा छलफल गर्ने विषयमा सदस्यहरूको सुझाव दिने विषयवस्तु पनि कार्यसूचीमा रहेको उनले जानकारी दिइन्।

उनकाअनुसार समितिले सुदूरपश्चिमको प्रदेशसभासँग र त्यहाँको स्थानिय तहसँग विधि निर्माणको प्रक्रिया र कानूनको कार्यान्वयन तथा निर्माणको सन्दर्भमा समितिले छलफल गर्नेछ। यी सबै विषयवस्तुहरूमा अब कात्तिक २३ गते बस्ने बैठकमा छलफल गर्ने उनको भनाई थियो। 

सभापति दाहालले भनिन्, ‘आज हाम्रो कोरम पनि पुगेको थियो। तर पहिलो बैठक चाहिँ अहिले परिवर्तित अवस्थामा सबै माननीय सदस्यको उपस्थिति भएर नै गरौँ भन्ने हिसाबले हामीले अर्को बैठकयही कात्तिको २३ गते बस्नेगरी आजको बैठकलाई स्थगित गरेका छौँ।’ 

उनले २३ गते राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग पनि छलफल गर्ने योजना रहेको बताइन्। सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उनको भनाई छ। बैठकमा चलचित्र सम्बन्धी विधेयक छलफल गर्नेगरी तयारी रहेको उनले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad