राजनीति


एकले अर्कालाई ध्वाँस दिँदैमा विशेष महाधिवेशनमा जान सकिँदैन: जीवनबहादुर शाही

एकले अर्कालाई ध्वाँस दिँदैमा विशेष महाधिवेशनमा जान सकिँदैन: जीवनबहादुर शाही

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १४:२८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीको विशेष महाधिवेशन गर्नै नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकको बुधबारको बैठकमा शाहीले विशेष महाधिवेशन गर्न नहुने बताएका हुन्।   

उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाए पनि शाहीले त्यसमा शंका गरे।  

'विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षार झुटो हुन सक्छ,' उनले भने, 'मैले बुझेको विशेष महाधिवेशन भनेको हाम्रो समय हुँदाहुँदै नेतृत्व सक्षम भएन भनेर हटाएर अर्को ल्याउने भन्ने कुरा होला। आज त हाम्रो करिब करिब सबै समय अवधि सकिएको अवस्था छ।' 

कांग्रेसमा फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि महाधिवेशन गर्ने भन्ने विवाद छ। यसैमा केन्द्रित भएर महामन्त्री गगनकुमार थापाले पुसमा र सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। 

'एकले अर्कालाई हामीले ध्वाँस दिने, धम्काउने तर्साउने मात्र कुरा गरिरहेका छौँ,' उनले भने, 'यसले हामीलाई कुन ठाउँमा पुर्‍याउँछ।'

शाहीले यो दुई प्रस्तावको बीचबाट समाधान खोज्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad