समाज


पीसीएल नर्सिङ लाइसेन्स परीक्षा: ६०२ परीक्षार्थीमध्ये १०५ जना मात्र पास

पीसीएल नर्सिङ लाइसेन्स परीक्षा: ६०२ परीक्षार्थीमध्ये १०५ जना मात्र पास

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार ११:३३, काठमाडौँ

प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षामा १७ दशमलव ४४ प्रतिशत उत्तीर्ण भएका हुन्।

परिषद्ले अनुसार पीसीएल नर्सिङको लाइसेन्स परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए। जसमध्ये ६०२ जना मात्रै सहभागी भएका थिए।

परीक्षामा सामेल भएकामध्ये १०५ जना मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेको परिषद्ले जनाएको छ।

नर्सिङ् परिषद्ले गत असारमा लिएको लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्र उत्तीर्ण भएका थिए। यस्तै बीएससी नर्सिङतर्फ ४५ दशमलव ७१ प्रतिशत उत्तीर्ण भएका छन्।

बीएससी नर्सिङमा कुल २१० जनाले परीक्षा दिएकामा ९६ जना मात्रै पास भएको परिषद्ले जनाएको छ।

विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ५६ दशमलव १८ प्रतिशत उत्तीर्ण भएका छन्।

८९ जना परीक्षामा सहभागी भएको परीक्षामा उत्तीर्ण ५० जना मात्रै भएका छन्।

बीएमएस (ब्याचलर अफ मिडवाइफ्री) मा भने सतप्रतिशत परीक्षार्थी पास भएका छन्। 

परिषद्का अनुसार परीक्षाका लागि २८ जनाले फारम भरे पनि २७ जना परीक्षामा सहभागी थिए।

परीक्षामा सहभागी सबै २७ जना नै उत्तीर्ण भएको परिषद्‌ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad