नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ।
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
यसअघि महामन्त्री गगनकुमार थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका थिए। कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ।
उनले मंगसिर २० गतेसम्म क्रियाशील र नवीकरण वितरणको मिति प्रस्ताव गरेका छन्। त्यस्तै पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण, चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्न यादवले प्रस्ताव गरेका छन्। त्यस्तै उनले चैत २० गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन, ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २७-३० गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।
Shares

प्रतिक्रिया