राजनीति


हाम्रो एकता केही मान्छे थुपार्नका लागि होइन : नारायणकाजी श्रेष्ठ

हाम्रो एकता केही मान्छे थुपार्नका लागि होइन : नारायणकाजी श्रेष्ठ

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको उद्देश्य पद वा संख्या बढाउने होइन, रणनीतिक लक्ष्य र रूपान्तरणमार्फत आदर्शलाई अगाडि बढाउने रहेको बताएका छन्।

एकीकृत समाजवादी लगायतका दलसँग एकता गर्ने निर्णयलाई अनुमोदन गर्न बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘हाम्रो एकता केही मान्छे थुपार्नका निम्ति होइन, हाम्रो रणनीतिक लक्ष्य र आदर्शलाई केन्द्रमा राखेर रूपान्तरणसहित अगाडि बढ्ने उद्देश्यका लागि हो।’

श्रेष्ठले हालको पार्टी एकीकरण अभियान ‘जेन-जी’ आन्दोलनका कार्यकर्ताहरूलाई समेत पार्टी पुनर्निर्माणमा समेट्ने उद्देश्यसहित अघि बढाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad