राजनीति


माओवादीको अन्तिम केन्द्रीय समितिको पूर्ण बैठक सुरु

माओवादीको अन्तिम केन्द्रीय समितिको पूर्ण  बैठक सुरु

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १४:४०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरू भएको छ।

बैठक मंगलबार प्रज्ञा भवन कमलादीमा सुरु भएको हो। नेकपा एकीकृत समाजवादी लगायतका दलसँग गर्न लागिएको एकतालाई अनुमोदन गर्ने एजेन्डा बैठकको छ।

त्यसअघि प्रज्ञा भवनमै सचिवालयको बैठक बसेको थियो। सचिवालय बैठकले तय गरेका एजेन्डा नेता नारायणकाजी श्रेष्ठले बैठकमा पेस गरेका थिए। 

एजेन्डा पेस गर्दै उनले मान्छे थुपार्नका लागि मात्रै पार्टी एकता गर्न नलागेको बताएका थिए।

माओवादी, एकीकृत समाजवादीसहित ९ कम्युनिस्ट घटकबीच बुधबार एकता घोषणा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad