राजनीति


दल दर्तापछि हर्कले भनेः गफले रोजगारी सिर्जना हुँदैन, विदेशी ऋणले देश चल्दैन

दल दर्तापछि हर्कले भनेः गफले रोजगारी सिर्जना हुँदैन, विदेशी ऋणले देश चल्दैन

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १७:३८, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन्।

आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उनले यस्तो बताएका हुन्। उनले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताए। 

श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उनको भनाई छ। उनले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताए।

साम्पाङले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गरे। देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उनले देश अब नेपाली आफैंले बनाउनुपर्नेमा जोड दिए। उनले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताए। 

उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म। त्यो काम गर्ने हो। उत्पादन, निर्माण, सामाजिक रपन्तरणका लागि, आर्थिक रुपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौं। अफिसका बसेर भाषणमा सिमित हुँदैनौँ। हामी चाँही पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ। पहिला त यो देशमा काम गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ। हामी सबै बेरोजगार छौँ प्रायः। रोजगारीको सिर्जना गफले हुँदैन। विदेशी ऋणले नी चल्दैन यो देश। त्यसले गर्दाखेरि यो देश अब हामी आँफैले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ। ती शैलीलाई हामीले बिर्सियौँ। त्यो मौलिक शैलीहरुलाई पनि हामीले फेरि उजागर गर्छौं।’ 

उनले आफूहरूले दलको झण्डा नराख्ने बताए। दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ। लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाई छ। निर्वाचनको लागि तयारी पनि भइरहेको उनले जानकारी दिए।
उनले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गरे। हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उनले जानकारी दिए। निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतवार मान्यता दिएको हो। साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad