नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग एकताबारे निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ।
पेरिसडाँडामा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेता हरिबोल गजुरेलले कात्तिक १७ गते बस्ने गरि बैठक बोलाएको नेपालखबरलाई जानकारी दिए।
त्यस्तै बैठक स्थलबारे भने खोजी जारी रहेको बताए। गजुरेलले एकीकृत समाजवादीसँग कात्तिक १८ गते एकता हुने समेत दाबी गरे।
उनले भने, ‘एकता हुने भयो। १७ गते हाम्रो बैठक बोलाएको छ। एकता १८ गते हुने भन्ने छ।’
687
Shares

प्रतिक्रिया