राजनीति


जनता समाजवादीको दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

जनता समाजवादीको दल दर्ता रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १०:४२,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रिया रोक्न निर्वाचन आयोगमा उजुरी परेको छ।

नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रक्रिया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिएका हुन्।

दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै दल दर्ताको प्रक्रिया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताए। बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएको मा प्रक्रिया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उनको भनाइ छ।

‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्छ’, उनले भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधानविपरीत छ।’ नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता पक्रिया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताए।

युवासंघ नेपालका सह संयोजक रमेश पौडेलले जातीय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्र्याउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रक्रिया रोक्न माग गरे। देशको राष्ट्रिय एकता भड्काउनले गरी जान खोजिएकाले त्यसलाई रोक्न लामा र ढकालले चालेको कदमको आफुले समर्थन गर्ने उनले बताए।

बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकिकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ। दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad