कारोबार


मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १०:४३,

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधि प्रदान गर्ने भएको छ।

मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो। मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन्।

इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन्।

देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad