कारोबार


ग्रिनहिल सिटी समाज मूलपानीद्वारा दैनिक भोजन वितरण

ग्रिनहिल सिटी समाज मूलपानीद्वारा दैनिक भोजन वितरण

नेपालखबर
बैशाख १४, २०७७ आइतबार १०:३९,

ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मूलपानीले लकडाउनको विषम परिस्थितिमा विपन्नवर्ग, दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुलाई नजिकैको शिव पञ्चायन मन्दिरमा दैनिक भोजन बनाएर कोलोनीको मुल गेटमा भोजन वितरण गरिरहेको छ।

कोलोनीमा बसोबास गर्नेहरुको सहयोगमा वैशाख १३ गतेदेखि दैनिक पाँच सय जनासम्मलाई भोजन खुवाउने लक्ष्य राखिएको समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)ले बताए।

उनले सो कार्यमा कागेश्वरी मनोहरा न.पा.–६ र गोकर्णेश्वर न.पा.–७ ले स्वयमसेवा गरिरहेको पनि बताए।

green hill city vojan 1

वि.सं.२०६८ सालबाट ग्रिनहिल सिटी कोलोनीको रुपमा विकास भइरहेको आवास क्षेत्र देशका विभिन्न जिल्लाबाट आई विभिन्न पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबास भईरहेको सम्भवतः देशकै ठूलो र व्यवस्थित कोलोनी हो ।

करिब ३२० रोपनी जग्गामा फैलेको ८ सयसम्म घर रहने यो कोलोनमिा हाल करिब ४५० भन्दा बढी घर तयार भई मानिसहरु बसोबास गरिरहेका छन् । बाकी घरहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad