लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक साँझ ५ बजेका लागि सारिएको छ।
प्रधानमन्त्रीको व्यस्तताका कारण दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजेलाई सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ।
कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन हटाउने अवस्था आइनसकेको भन्दै एक हप्ता थप गर्न सिफारिस गरेको थियो। लकडाउनको स्वरुप निर्धारण गर्न मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो।

प्रतिक्रिया