राजनीति


कतारमा राष्ट्रपतिले राजासँग भेट गर्ने, साइडलाइनमा हुने छैनन् महत्त्वपूर्ण भेट

कतारमा राष्ट्रपतिले राजासँग भेट गर्ने, साइडलाइनमा हुने छैनन् महत्त्वपूर्ण भेट

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १४:५८, काठमाडौँ

कतारको चारदिने भ्रमणमा जान लागेका राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामाजिक विकास शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। 

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार उनले कात्तिक १८ गते उक्त सम्मेनलाई सम्बोधन गर्ने भएका हुन्।

त्यस्तै उनले कतारका राजा अमिर तामिम बिन हमाद अल थानीसँग पनि भेटघाट गर्ने छन्। राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटघाट हुने छ। 

परराष्ट्र सचिव राईका अनुसार सम्मेलनका नेपालको एजेन्डा गरिबी निवारण, शिक्षाको स्तरउन्नती लगायतका विषयमा प्रतिवद्धता जनाउने रहेका छन्। 

सम्मेलनको साइडलाइनमा भारत र चीनका प्रतिनिधिसँग भेट गर्ने कार्यक्रम भने नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ। 

कतार सरकार र संयुक्त राष्ट्रसंघको इकोनोमिक एन्ड सोसल काउन्सिलले आयोजना गर्न लागेको सम्मेलनका लागि राष्ट्रपतिको कात्तिक १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad