राजनीति


माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ : खतिवडा

माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ : खतिवडा

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १४:९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गरेका छन्।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पूर्ण विश्वासका साथ काम भइरहेको बताए।

उनका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका सुझाव र छलफलपछि अन्ततः बैठकले एकता गर्ने पक्षमा निर्णय लिने सम्भावना रहेको छ। खतिवडाले माओवादीले माओवाद परित्याग गरी मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद–लेनिनवादलाई स्वीकार गर्ने र त्यसमा समाजवादी पक्ष पनि सहमत भएको उल्लेख गरे।

खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘घर फर्किनुस्’ भन्ने आह्वानलाई पार्टी एकता भाँड्ने प्रयत्नको रूपमा व्याख्या गरे। उनले भने, ‘ओलीको आह्वान यो साजिस मात्र हो, हाम्रो एकता रोक्ने प्रयास हो। उहाँ कहिल्यै एकताको पक्षमा हुनुहुन्न।’

उनले सैद्धान्तिक समानता स्थापित भइसकेकाले अब एकताको प्रक्रिया तत्काल अघि बढ्ने दाबी गरे। एकता सम्पन्न भएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने पनि खतिवडाले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad