राजनीति


भदौ २३ का दोषीलाई केही नगर्ने, २४ गतेकालाई मात्रै छानीछानी कारबाही गर्नु न्यायसंगत होइन: बाबुराम भट्टराई

भदौ २३ का दोषीलाई केही नगर्ने, २४ गतेकालाई मात्रै छानीछानी कारबाही गर्नु न्यायसंगत होइन: बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ९:९, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भदौ २३ गतेको घटनाको अनुसन्धान नगरि २४ गतेको घटनाको मात्रै अनुसन्धान गर्नु न्यायसंगत नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेको घटनामा संलग्नहरुलाई मात्र छानीछानी कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुने भन्दै सरकारको ध्यानाकरर्षण गराएका हुन्

‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यस विपरित २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुनजान्छ।’

साथै उनले २४ गतेको घटनाका दोषीलाई मात्रै कारबाही गर्द क्रिया र प्रतिक्रियाको अन्तरसम्बन्धबारे स्थापित प्राकृतिक नियम विपरित हुने पनि बताएका छन्।

‘जेन-जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad