राजनीति


मुलुकलाई निकास दिएर मात्र कांग्रेस महाधिवेशनमा जानुपर्छ: प्रदेश सभापति बानिँया

मुलुकलाई निकास दिएर मात्र कांग्रेस महाधिवेशनमा जानुपर्छ: प्रदेश सभापति बानिँया

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १८:३४, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिँयाले फागुन २१ काे निर्वाचनपछि पार्टीकाे १५ औं महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन्। बागमती प्रदेशकम मुख्यमन्त्री समेत रहेका बानिँयाले बिहीबारकाे केन्द्रीय समिति बैठकमा निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। 

उनले भने, 'मुल कुरा हाम्रो महाधिवेशन हाेकी निर्वाचनबाट राजनीतिक निकास हाे ? निर्वाचनकाे माहोल सरकारले बनाउनुपर्छ।नेपाली कांग्रेस निर्वाचनमा जानुपर्छ। केन्द्रीय समितिबाट निर्वाचनमा जाने कुरा निर्णय गरेर जानुपर्छ। कांग्रेसकाे नियमित र विशेष महाधिवेशन भन्दै अल्झिनु हुँदैन।'  

मुलुकलाई राजनीतिक निकास दिएर मात्र कांग्रेस महाधिवेशनमा जानुपर्ने बानिँयाले बताए। 'उपयुक्त समयमा महाधिवेशनकाे लागि मध्यमार्गी बाटाे खाेजेर जानुपर्ने हुन्छ। आगामी मंसिर र पुसमा महाधिवेशन गर्न सम्भव छैन। फागुन २१ काे निर्वाचनका लागि पुस २० गतेभित्र  उम्मेदवारकाे बन्दसूची  बुझाइसक्नुपर्छ। त्यसका लागि जिल्ला-जिल्लाबाट नाम चाहिन्छ। त्याे अवस्थामा हामी अधिवेशनकाे कुरामा अल्झिनु हुँदैन,' उनले भने। 

सबै पार्टी र पक्षकाे अभिभावक भएर उभिनुपर्ने कांग्रेस आन्तरिक झमेलामा फस्न नहुने उनकाे तर्क छ। पार्टीमा बहुमतका आधारमा निर्णय गर्न नहुने भन्दै एकताबद्ध भएर निर्वाचनमा लाग्नुपर्ने उनले बताए। 

'सर्वसम्मत निर्णय लिएर निर्वाचनमा जाने कुरामा सबै एकमत हुन आवश्यक छ। निर्वाचनपछि महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनुपर्छ,' उनले भने, 'कार्यतालिका अहिले नै बनायाैं। तर, मंसिरमा महाधिवेशन नहुने देख्दादेख्दै मंसिरभित्रै गर्ने भनेर महाधिवेशनकाे मिति नताेकाैं। सम्भव नहुने कुरामा अपरिपक्व निर्णय नगराैं।' 

साथै संसद विघटन गैरसंवैधानिक भन्दै जनतामा जानुपर्ने बानिँयाले बताए। बहुमतकाे बलमा निर्णय गर्न नहुने भन्दै ०५१ सालकाे अवस्थालाई स्मरण गर्नुपर्ने उनकाे भनाइ छ। '२०५१ मा कांग्रेस आन्तरिक किचलोमा फुस्दा मध्यावधिमा गयाे,' उनले भने, 'सत्ताकाे आडमा तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद काेइरालाले पेलेर जानुभयाे। बहुमत पाएकाे पार्टी दाेस्राे भयाे।' 

देशलाई निकास दिएपछि कांग्रेस आन्तरिक रुपमा अलमलिँदै भन्दै देश गम्भीर माेडमा रहेका बेला कांग्रेस आन्तरिक किचलोमा अल्झिने नहुनेमा बानिँयाकाे जाेड थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad