राजनीति


झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १४:१६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। खनालले जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै उनले भ्रष्टाचार मुद्दा लागेकाले पद छोड्नुपर्ने बताएका हुन्। 

'हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ,' खनालले बैठकमा भनेका थिए, 'उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।'

माधव नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन्। पार्टीमा उनले पद छोड्नुपर्ने भन्दै यसअघि पनि नेताहरूले दबाब दिएका थिए। 

खनाल नेकपा माओवादीसँगको एकताको पक्षमा आफू नभएको पनि स्पष्ट पारे। उनले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने बताए। 

उनले भने, 'अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन। उनले बैठकमा माओवादीसँग एकता गरेर जनयुद्धको समयमा ज्यान गुमाएकाहरूको जिम्मा लिन नसकिने पनि बताएका थि।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad