राजनीति


नारायणकाजी र वामदेवसहित यी १९ सांसद राष्ट्रियसभाबाट बिदा हुँदै

नारायणकाजी र वामदेवसहित यी १९ सांसद राष्ट्रियसभाबाट बिदा हुँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ५:३५, काठमाडौँ

राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ। 

जसमा एमालेका आठ, माओवादी केन्द्रका सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसद छन्। 

रिक्त हुन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। 

कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदैछ।

एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन्। 

सरकारले आगामी माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ। राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad