राजनीति


पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने कांग्रेस संस्थापनको निष्कर्ष

पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने कांग्रेस संस्थापनको निष्कर्ष

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १९:५, काठमाडौँ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गरेका छन्।

केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरूसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन्।

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिब ७५ जना सहभागी थिए।

उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ।

सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि आफूपक्षीय नेताहरूसँग छलफल गर्दै आएका छन्।

पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्।

केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad