राजनीति


प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधि सभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सुनुवाइ

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ६:५५, काठमाडौँ

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदै छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुने छ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री नियुक्त सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad