राजनीति


माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १९:१, काठमाडौँ

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी सरकारले फिर्ता बोलाएको छ। गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उनको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो।  

सरकारले यसअघि पूर्वप्रधानमन्त्री नेपाललाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ प्रहरी दिँदै आएको थियो। 

नेपाल पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्तसमेत रहेकाले सुरक्षाकर्मी फिर्ता गरिएको गृहस्रोतले जनाएको छ। 

'उहाँ भ्रष्टाचार मुद्दाको अभियुक्त हो। यसै कारणले उहाँलाई सुरक्षा सुविधा नदिने निर्णय भएको हो,' गृह स्रोतले भन्यो, 'तर, उहाँलाई सुरक्षा थ्रेट छ भन्ने लाग्यो भने निवेदन दिन सक्नुहुन्छ। त्यसमा विश्लेषण गरेर सरकारले आवश्यक निर्णय गर्छ।'

पतञ्जलि जग्गा प्रकरणमा नेपाल ३५ लाख धरौटी रकम बुझाएर रिहा भएका हुन्। यो मुद्दाको फैसला हुन बाँकी छ। सरकारले यसअघि पूर्व तथा बाहलवाला अतिविशिष्ट तथा विशिष्टलाई मापदण्डविपरीत दिँदै आएको सुरक्षाकर्मी फिर्ता बोलाइसकेको छ। यो निर्णयले झन्डै ३ सय सुरक्षाकर्मी फिर्ता भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad