राजनीति


सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बुधबार छलफल

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बुधबार छलफल

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १९:४१, काठमाडौँ

सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार दिउँसो ४ बजेपछि तीनपक्षबीच छलफल हुनेछ।   

खरेलले निर्वाचनको वातावरण तयार गर्न सरकारले जे-नजी र दलहरूसँग वार्ता गर्ने लागेको बताएका छन्। छलफल निर्वाचनको वातावरण तयार पार्नमा केन्द्रित हुने बताइएको छ।  

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिसँग छलफल गरिसकेकी छन्। दलसँगको उक्त छलफलमा प्रधानमन्त्री कार्कीले जेनजीसहितको छलफल गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावमा दलहरूले समर्थन दिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad