ग्लोबल


रुसको क्षेप्यास्त्र परीक्षणबारे ट्रम्पले भने: उनीहरूको नजिकै छ, हाम्रो आणविक पनडुब्बी

रुसको क्षेप्यास्त्र परीक्षणबारे ट्रम्पले भने: उनीहरूको नजिकै छ, हाम्रो आणविक पनडुब्बी

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १९:५५, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक शक्तिले चल्ने क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा युक्रेन युद्ध अन्त्य गर्नुपर्ने बताएका छन्।

साथै उनले अमेरिकाले रुसी तटनजिकै आणविक पनडुब्बी तैनाथ गरेको पनि बताए।

पुटिनले आइतबार रुसले आणविक शक्तिले चल्ने बुरेभेस्टनिक क्रुज क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएका छन्। 

यो आणविक क्षमता भएको क्षेप्यास्त्र हो। रुसले कुनै पनि रक्षा ढाल छेड्न सक्ने र अब यसलाई तैनाथ गर्न कदम चालिने बताएको छ।

एयर फोर्स वनका पत्रकारहरूले ट्रम्पलाई बुरेभेस्टनिक क्रुज क्षेप्यास्त्रको परीक्षण र १४ हजार किलोमिटर दायराको रुसको दाबीबारे प्रश्न गरे।

जवाफमा उनले भने, ‘अमेरिकाले त्यति टाढा उडान गर्नु आवश्यक छैन किनभने आणविक पनडुब्बी रुसी तटनजिकै अवस्थित छ।’

ह्वाइट हाउसले जारी गरेको अडिओ फाइलअनुसार ट्रम्पले भने, ‘उनीहरूलाई थाहा छ- हामीसँग संसारको सबैभन्दा राम्रो आणविक पनडुब्बी छ, जुन उनीहरूको तटनजिकै छ। त्यसैले मेरो मतलब हामीलाई १४ हजार किलोमिटर (८,००० माइल) उडान गर्न आवश्यक छैन।’

ट्रम्पले अगाडि भने, ‘तपाईंले यो युद्ध समाप्त गर्नुपर्छ। एक हप्तामा समाप्त हुनुपर्ने युद्ध अब चौथो वर्षमा छ। क्षेप्यास्त्र परीक्षण गर्नुको सट्टा तपाईंले त्यही गर्नुपर्छ।’

रुसले आइतबार आणविक शक्तिले चल्ने बुरेभेस्टनिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको बताएको छ। 

यो कम उचाइको क्षेप्यास्त्र हो, जुन पहिलोपटक २०१८ मा घोषणा गरिएको थियो। यसलाई असीमित दूरी भएको र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न सक्षम भएको दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad