नेपाली कांग्रेस तेह्रथुम-काठमाडौँ सम्पर्क समितिले भवानीप्रसाद काफ्लेको सभापतित्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा सम्पन्न पाँचौं अधिवेशनले काफ्लेलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। यसैगरी, निश्चल निङ्लेकु उपाध्यक्ष, कुलचन्द फोम्बो सचिव र बलिराज इङ्नाम कोषाध्यक्षमा चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा लाक्पा शेर्पा, दीपेश फोम्बो, विष्णु आचार्य, रामकुमार खापुङ र विमल कन्दङ्वा रहेका छन्। समितिको कार्यकाल दुई वर्षको हुनेछ।
नवनिर्वाचित अध्यक्ष काफ्लेले पार्टी विधानअनुसार बाँकी सदस्यहरूको चयन चाँडै गरिने बताए। उनले जिल्ला र केन्द्रीय समितिबीच समन्वय स्थापित गर्न समितिले सक्दो प्रयास गर्ने बताए।
‘जिल्ला पार्टी समितिको सुझाव र निर्देशनअनुसार पार्टीको जिल्ला र केन्द्रीय समितिबीच समन्वय स्थापित गर्न समितिले कुनै कसर बाँकी राख्ने छैन। पार्टी विधानअनुसार नौ सदस्यीय समिति छिट्टै विस्तार गरिनेछ’ काफ्लेले भने।
कांग्रेस तेह्रथुम जिल्ला कार्य समितिका पूर्व सभापति रामनारायण ढुङ्गानाले नयाँ कार्य समितिलाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्दै जिल्ला कार्य समितिको सुझाव र सल्लाह अनुसार सक्रिय रुपमा काम गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमा पूर्वमन्त्री तुलसी सुब्बा, कांग्रेस महाधिवेशन प्रतिनिधि हरि डाँगी, रुद्र कन्दङवा, तेह्रथुम जिल्ला कार्य समिति सचिव डिल्ली नेपाल, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रामकृष्ण लकान्द्री र सम्पर्क समिति सल्लाहकार विजयकुमार मादेम्बा लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
Shares

प्रतिक्रिया