ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत जाँदैछन्। उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेका हुन्।
उक्त कार्यक्रममा ४० बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन्। नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र हो। मन्त्री घिसिङ सोमबार दिउँसो १:४५ बजे भारत जाने कार्यक्रम तय भएको र उनको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ।
त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता भने मधेस झर्दैछन्। उनीहरूसँगै गृहमन्त्रालयका सचिव रामेश्वर दंगाल पनि मधेस जाँदैछन्।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनी सोमबार जनकपुर जानेछन्।
उनीहरू सोमबार र मंगलबार मधेसमै रहनेछन्। यसबीचमा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गर्नेछन्। त्यस्तै त्यहाँ छठसम्बन्धी कार्यक्रममा पनि उनीहरू सहभागी हुनेछन्।
Shares

प्रतिक्रिया