राजनीति


लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

लकडाउन एक हप्ता बढाउन कार्यदलको सिफारिस

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १३:०,

कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिअन्तर्गत मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ।

शनिबार सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउन हटाउने अवस्था आइनसकेको निष्कर्ष निकाल्दै एक साता थप गर्नुपर्ने निर्णय गरेको थियो।

लकडाउनको स्वरुप तयार गर्न मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यादललाई जिम्मा दिइएको थियो।

अहिलेसम्म लकडाउनको स्वरुप नआए पनि कम जनसंख्या भएका स्थान र संक्रमित नदेखिएका स्थानमा लकडाउन केही खुकुलो बनाउनेबारे समितिको बैठकमा छलफल भएको र कार्यदलले त्यही अनुसार लकडाउनको स्वरुप तयार पारिरहेको बताइएको छ।

लकडाउनको अवधि थप गर्नेबारे (भोलि) आइतबार बस्ने मनि्त्रपरिषदको बैठकले औपचारिक निर्णय गर्नेछ।

पुराना संक्रमित निको भएर घर फर्कने क्रम बढे पनि नयाँ संक्रमित थपिने क्रम नरोकिएका कारण उच्चस्तरीय समन्वय समितिमा एक सात लकडाउन थप गर्ने र त्यसपछि छिमेकी देश भारतको अवस्था हेरेर अन्य निर्णय लिने भन्ने छलफल भएको एक मन्त्रीले नेपालखबरलाई बताए।

समितिले अन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो।

शनिबार साँझ समन्वय समितिका संयोजक, उपप्रधान एव रक्षामन्त्री ईश्वर पोखरेल समिति बैठकको निष्कर्ष बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

दिउँसो उच्चस्तरीय समन्वय समितिमा भएको छलफलबारे प्रधानमन्त्रीलाई जानकारी गराउनका लागि उपप्रधानमन्त्री पोखरेल बालुवाटार गएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .