ad ad

समाज


वीरगन्जमा उपचाररत काेराेना संक्रमित ५ जनामध्ये ४ निको भए, सञ्चाे हुनेको संख्या १६ पुग्यो

वीरगन्जमा उपचाररत काेराेना संक्रमित ५  जनामध्ये ४ निको भए, सञ्चाे हुनेको संख्या १६ पुग्यो

नेपालखबर
बैशाख १३, २०७७ शनिबार १३:५४,

वीरगन्जस्थित प्रदेशिक अस्पतालमा उपचार गराइरहेका पाँचजना कोरोना संक्रमितमध्ये चार जना निको भएका छन्।

पाँच जनामध्ये चार जनाको लगातार दोस्रो पटक परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ।

यसरी परीक्षण नेगेटिभ आउने चार जनामा तीन भारतीय नागरिक र एकजना नेपाली हुन्। सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले दुई वटा परीक्षण लगातार नेगेटिभ आएपछि डिस्चार्जको तयारी भैरहेको बताए।

‘यस अस्पतालमा उपचार गराइरहेका चार संक्रमितको लगातार दोस्रो पीसीआर परीक्षण नेगेटिभ आएको छ,’ उपाध्यायले नेपालखबरसँग भने, ‘जसमा तीन जना भारतीय र एक नेपाली हुनुहुन्छ। उहाँहरुलाई भोली फस्ट आवरमै डिस्चार्ज गर्नेछौं।’

कोरोना संक्रमितमा सो रोगका लक्षण देखिन छाडेपछि २४ घण्टाको अन्तरमा पीसीआर बिधिबाट परीक्षण गर्दा नेगेटिभ आएमा संक्रमणमुक्त भएको मानिन्छ।

सो क्षेत्रीय अस्पतालमा पाँच जनाको उपचार भैरहेको छ।

‘सर्लाहीबाट केही दिनअघि एक संक्रमित किशोरलाई उपचारका लागि ल्याइएको छ,’ उपाध्यायले भने, ‘उनको अवस्था सामान्य छ।’

उपाध्यायले संक्रमणमुक्त रौतहटका नेपाली युवालाई उनको रौतहटस्थित घरमै पठाउने तयारी भएपनि भारतीयको हकमा के गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्ने बताए।

संक्रमणमुक्त भएका भारतीय नागरिकहरु वीरगञ्जको मस्जिदमा बस्दै आएका भारतीय हुन। नेपालमा अहिलेसम्म भेटिएका कुल ४९ संक्रमितमध्ये १२ जना निको भई घर फर्किसकेका छन्।

वीरगञ्जका यी ४ जनासहित अब नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .