पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू मात्र होइन, आफ्नो पार्टीका मान्छे कोही पनि नभाग्ने दाबी गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले नै भागेको भनी दाबी गरेको भोलिपल्टै सोमबार बिहान बुढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता खड्काले भाग्नुपर्ने कुनै कारण नभएको बताएका हुन्।
‘मलाई के थाहा छ भने म मात्र होइन, मेरो पार्टीका मान्छे कोही भाग्दैन। अरूको त भन्न सक्दिनँ, तर सरकारमा बस्ने मान्छेहरू कोही पनि भाग्दैन। भाग्नुपर्ने कुनै कारण छैन’, उनले भने, ‘मैले भनिहालेँ- आन्दोलनका विषयमा तत्कालीन सरकारले निर्णय नै गरेको छ- छानबिनका लागि। भाग्नु केलाई पर्यो?’
खड्काको पत्रकार सम्मेलन हरिशरण तिमल्सिना नामको फेसबुकमा लाइभ गरिएको थियो।
गृहमन्त्री अर्यालले आइतबार नयाँ पत्रिकालाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलनपछि तत्कालीन ऊर्जामन्त्री भागिसकेको दाबी गरेको भोलिपल्टै खड्का सार्वजनिक हुँदा विषय रहस्यमय बनेको छ।
भिडिओ
Shares

प्रतिक्रिया