राजनीति


राजसंस्थासहित सर्वपक्षीय शक्तिको संवाद आवश्यक छ: कांग्रेस नेता श्रेष्ठ

राजसंस्थासहित सर्वपक्षीय शक्तिको संवाद आवश्यक छ: कांग्रेस नेता श्रेष्ठ

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १७:३१, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहितका शक्तिहरूसँग संवाद गरेर राजनीतिक निकास खोज्नुपर्ने प्रस्ताव गरेका छन्। श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी सरकारले दलहरूलाई निषेध गर्ने नीति अपनाइएको भन्दै वर्तमान सरकारप्रति आक्रोश पोखेका हुन्।  

‘लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजीओद्वारा विस्थापित गर्न प्रपञ्च हुँदैछ,' हामी नेपाल नामक संस्थालाई लक्षित गर्दै भने, 'यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौम सत्तामा खतरा उत्पन्न गरिरहेको छ। हामीले पाठ सिकेर राजनीतिक दलहरूले निषेधको राजनीति त्यागेर सहकार्य गरेर अघि बढ्नुपर्छ।'

उनले राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको पनि बताए। 

उनले भने, 'राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, जेनजी आन्दोलनका फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ।’ 

त्यस्तै श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शंका व्यक्त गरे।'अहिलेको परिस्थिति जटिल छ। जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शंका उत्पन्न भएको छ’ उनले भने।  

उनले जेनजी आन्दोलनपछि मुलुकको भविष्य नै द्विविधामा रहेको बताए। उनले भने, ‍‘भदौ २३ र २४ घटनाले आतंक बनायो जनतालाई, यो राष्ट्र कता जाने दुविधा छ।’ 

कांग्रेस सभापति शेरबहादुर देउवापछि पार्टीमा आफूले काम गरेको उनको भनाइ थियो। श्रेष्ठले देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अन्य दलका नेताले नेतृत्व हस्तान्तरणमा अग्रसरता नदेखाएको बताए। 

‘शेरबहादुरजी पछि मैले कांग्रेसमा काम गरेको हुँ। ढिलै भए पनि उहाँले नेतृत्व हस्तान्तरण गर्नुभयो। अरू नेताले त्यो अग्रसरता देखाएनन्' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad