नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन्। ललितपुरको झम्सिखेलमा आज आइतबार पत्रकार सम्मेलन गर्दै उनले अहिलेको परिस्थितिमा फागुनमा चुनाव हुन नसक्ने बताएका हुन्।
'अहिलेको परिस्थिति जटिल छ। जेनजीको नाममा भएको घटनाले सबैको मनमा डर छ। चुनाव हुन्छ हुन्न, अहिलेको परिस्थितिले शंका उत्पन्न भएको छ’ उनले भने।
उनले जेनजी आन्दोलनपछि मुलुकको भविष्य नै द्विविधामा रहेको बताए। उनले भने, ‘भदौ २३ र २४ घटनाले आतंक बनायो जनतालाई, यो राष्ट्र कता जाने दुविधा छ।’
कांग्रेस सभापति शेरबहादुर देउवापछि पार्टीमा आफूले काम गरेको उनको भनाइ थियो। श्रेष्ठले देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अन्य दलका नेताले नेतृत्व हस्तान्तरणमा अग्रसरता नदेखाएको बताए।
‘शेरबहादुरजी पछि मैले कांग्रेसमा काम गरेको हुँ। ढिलै भए पनि उहाँले नेतृत्व हस्तान्तरण गर्नुभयो। अरू नेताले त्यो अग्रसरता देखाएनन्' उनले भने।
Shares

प्रतिक्रिया