नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले नै प्रस्ताव ल्याउनुपर्ने सुझाव दिएका छन्। जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जेनजी आन्दोलनपछिको पार्टीको आगामी दिशा तय गर्नुअघि नै पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन्।
पार्टी नेतृत्व र केन्द्रीय कमिटीको भूमिकाप्रति पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
'पार्टी पुनर्गठनको महत्वपूर्ण आयम नेतृत्वको हस्तान्तरण हो। हामीले विधान महाधिवेशन मार्फत वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको ११ औं महाधिवेशनबाट पुनः अध्यक्ष हुने गरी मनोवैज्ञानिक सन्देश प्रवाह गरेका हौँ,' उनले भने, 'तर मुलुकमा उत्पन्न अकल्पनीय र असाधरण परिस्थीति, आम जनताको अपेक्षा लगायतका कुुरालाई मनन गर्दै अब हामीले उपरोक्त मनोविज्ञान माथि पुर्नविचार गर्नु पर्दछ।'
त्यस्तै उनले पार्टीमा दुई कार्यकाल र ७० वर्ष उमेरहद सुविचारित ढंगले नै निर्णय गरिएको स्मरण पनि गर्दै नेतृत्व हस्तान्तरणबारे ओलीलाई दुई सुझाव दिएका छन्।
पहिलो सुझाव- तत्कालै पार्टीको वरिष्ठ नेतालाई कार्यवाहकको जिम्मेवारी दिने र आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने।
दोस्रो सुझाव- पार्टी अध्यक्षले आफ्नै नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने। आफ्नो नेतृत्वमा महाधिवेशन भए पनि ओलीले नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्नुपर्ने भट्टराईले सुझाएका छन्।
यस्तो छ उनले भनाइको पूर्णपाठ
Shares

प्रतिक्रिया