कारोबार


डिशहोम र ‘डल्ले’बीच साझेदारी, उपत्यकाका आउटलेटमा विशेष छुट

डिशहोम र ‘डल्ले’बीच साझेदारी, उपत्यकाका आउटलेटमा विशेष छुट

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:४६, काठमाडौँ

डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका उपत्यकाभित्रका सबै आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाइनेछ। तर यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

डल्लेका मेनेजिङ डिरेक्टर आलोक योन्जोन, डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच एमओयूमा हस्ताक्षर गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad