राजनीति


जेनजीको आन्दोलनमा मलजल गर्नेलाई पार्टीबाट बिदा गर्नुपर्छः महेश बस्नेत

नेतृत्व परिवर्तन अनावश्यक
जेनजीको आन्दोलनमा मलजल गर्नेलाई पार्टीबाट बिदा गर्नुपर्छः महेश बस्नेत

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १५:४२, काठमाडौँ

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले जेन्जीको आन्दोलनमा मलजल गर्ने र पार्टीको विरुद्ध लाग्नेहरुलाई पार्टीबाट बिदा गर्नुपर्ने बताएका छन्। 

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले नेतृत्व परिवर्तनको तर्क अनावश्यक भएको बताए। 

उनले ‘असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायधीश सुशिला कार्की र असंवैधानिक संसद् विघटन  विरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन अभियान सञ्चालन’ गर्नुपर्ने तर्क राखे।

यस्तै, ‘आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नु पर्दछ’ भने।

यस्ता छन् बस्नेतले पेश गरेका १० बुँदा
१) पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क हो। अध्यक्षको व्क्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनु पर्छ। निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्यांकन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेन्जीको आन्दोलनमा मल जल गर्ने र पार्टीको विरुद्ध लाग्नेहरुलाई पार्टीबाट बिदा गर्नुपर्छ।

२) असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटन विरुद्ध कानुनी र प्रतिरोधि जन आन्दोलन र अभियान सञ्चालन गर्नु पर्दछ।

३) आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नु पर्दछ। प्रभावितहरूको न्याय राहत र दीर्घकालीन पुननिर्माणका लागि सरकारलाई दबाब दिने।

४) संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षा गर्न लोकतान्त्रिक दलहरूसँग सहकार्य गर्दै आबास्यक परे   मोर्चा बनाएर आन्दोलन गर्ने। आईएनजीओले बनाएको असंवैधानिक सरकार निरंकुशतातर्फ अघि बढेको र  निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाँधलिरहित र शान्तिपूर्ण चुनाव हुने वातावरण बनाउन जनसंघर्ष र दबाब दिनु पर्दछ।  

५) संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई पोखरामा हुने ११ औं महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो  हुन्छ। क विद्या भण्डारी जस्ता नेताहरूलाई  वैकल्पिक नेता मानेर पार्टीमा अन्तरद्वन्द बडाउन नलागौँ। विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै प्रचण्ड र माधव नेपालसँग पुग्ने खतरा छ। तपाईंहरू आफैं विकल्प हो किन भन्न सक्नु हुन्न? बरु अब हामी तपाईंहरुको विकल्प बनेर आइसकेका छौँ। अब हामीसँग लड्न चुनौति स्वीकार्नुहोस्। अब पार्टीको सबै निकायमा युवा नेतृत्वको व्यवस्थापन गर्नु पर्दछ।

७) देशमाथि, एमालेमाथि र हाम्रो पार्टी अध्यक्षमाथि प्रहार हुँदा हामीले ढाड थापेर टाउको बचाउनु पर्थ्यो र त्यो हामीले गर्यौं।

समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्। कार्यकर्ताहरूले पनि बुझिसकेका छन्। तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन?

८)  अध्यक्षज्यूले प्रस्तुत गरेका विशेष प्रतिवेदनलाई पूर्ण समर्थन गर्दै सर्वसम्मत पारित गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad