राजनीति


प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई बोलाइन् सिंहदरबार

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार ७:३६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्।

परराष्ट्र मन्त्रालयको स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार यसका लागि प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्। 

बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।

‘कूटनीतिक समुदायलाई अहिलेको अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, हामीले गर्न खोजेका कामहरू, लगानी, पर्यटनका विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्नुहुन्छ’, स्रोतले भन्यो।

बिहीबार मात्र सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ।

जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad