मन्त्रिपरिषद् बिस्तारबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री सुशीला रिसाएर जवाफ दिएकी छिन्।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट निस्कदै गर्दा पत्रकारले सोधेको प्रश्नमा उनी निकै झोक्किएकी हुन्।
पत्रकारले सोधे- प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्को बिस्तार कहिले हुन्छ?
तर, कार्की यो प्रश्नले निकै आक्रोसित भइन्। उनले झोक्किएर जवाफ फर्काइन्- भएको भएै छ नि।
जेनजी आन्दोलनपछि उनी भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। दुईपटक गरेर बिस्तार गरे पनि मन्त्रिपरिषद्ले अझैँ पूर्णता पाउन सकेको छैन।
अहिलेसम्म ७ जना मन्त्री नियुक्त गरेर १२ मन्त्रालयको जिम्मेवारी सुम्पिएकी उनले अझैँ आफैँले ९ मन्त्रालय सम्हालेकी छिन्।
कार्कीले सम्हालेका मन्त्रालयमा परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या रहेका छन्।
बाँकी मन्त्रालय सम्हाल्न उनले कहिले मन्त्री थप्छिन् भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन्।
पत्रकार र कार्कीको सवाल जवाफ
पत्रकारको प्रश्नः प्रधानमन्त्रीज्यू
सुशीला कार्कीः हजुर
पत्रकार : मन्त्रिपरिषद् कहिले कहिलेसम्म विस्तार हुन्छ?
सुशीला कार्कीः भको भएै छ नि (रिसाउँदै)
पत्रकार :थप विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू?
सुशीला कार्की : हैन, आज भोलि भैहाल्छ।
Shares

प्रतिक्रिया